प्रहरी कन्ट्रोल : १००, टोल फ्री नं.: १६६००१४१५१६
नेपा
EN
पौष २०७९
ट्रक र मोटरसाईकल एकआपसमा ठक्कर खाँदा २ जना गम्भिर घाईते ।
२०७९-०९-३०

मिति २०७९।०९।३० गते बिहान अं.०७:४० बजेको समयमा जिल्ला सल्यान छत्रेश्वरी गाउँपालिका वडा नं. ६ कल्लेखोला स्थित राप्ति राजमार्गमा दाङ बाट सल्यान थारमारे तर्फ आउदै गरेको जिल्ला दाङ तुलसीपुर उप-महानगरपालिका वडा नं. ९ बेलुवा बस्ने बर्ष २५ को घनश्याम के.सी.ले चलाएको रा.१ क.१०८९ नं.को ट्रकले बिपरीत दिशाबाट लुहाम तर्फ गादै गरेको रा.२ प.५१२४ नं.को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकल चालक जिल्ला सल्यान त्रिवेणी गाउँपालिका वडा नं. ३ लोटाउने बस्ने बर्ष २३ को सन्तोष बुढाथोकी (सिरीयस) मोटरसाईकल पछाडि सवार ऐ.ऐ. बस्ने बर्ष १९ को राम बहादुर बुढाथोकी (सिरीयस)  दुबै जना घाईतेलाई उपचारको लागी नेपालगंज नर्सिङहोम बाँकेमा उपचार भईरहेको । ट्रक र ट्रक चालक,मोटरसाईकल प्रहरीको  नियन्त्रणमा ।

करेन्ट लागि घाईते ।
२०७९-०९-२९

मिति २०७९।०९।०२९ गते २१;४५ बजेको समयमा जिल्ला सुर्खेत भेरीगंगा नगरपालिका वडा नं. ९ सानोजात्री स्थित ऐ. बस्ने बर्ष २६ को धन बहादुर बोहरा जहरे बाट आफ्नै घर तर्फ जाँदै गर्दा ऐ. स्थित बिजुलीको पोलमा रहेको ट्रान्समिटरको तारबाट करेन्ट लागि सोही नजिकै घाईते अबस्थामा रहेको भन्ने स्थानियले देखी खबर गरे पश्चात तत्काल प्रहरी टोली खटि गई घाईतेलाई उपचारको लागि मेहेलकुना अस्पताल सुर्खेत पठाईएकोमा सामान्य उपचार पश्चात थप उपचारको लागि ऐ. २३:४५ बजे कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेत तर्फ पठाईएको छाति तथा शरीरको बिभिन्न भागमा चोट लागेको, अबस्था मध्यम ।

ट्याक्टर दुर्घटना हुँदा १ जना गम्भिर घाईते ।
२०७९-०९-२८

मिति २०७९।०९।२८ गते अ.१८:२० बजेको समयमा जिल्ला जाजरकोट नलगाड नगरपालिका वडा नं. १ चिउरी स्थित चालक ऐ.ऐ बस्ने बर्ष २२ को रेशम वि.क.ले चलाई ल्याएको भे.१.त ९२४९ न.ट्याक्टर पार्किङ गर्ने क्रममा सडक बाट २ मिटर तल पल्टिन जादा ट्याक्टरमा सवार ऐ.बस्ने साहु सुरेश बि.क.को छोरा बर्ष १९ को नबराज बि.क.लाई ट्याक्टरको अगाडिको भागले कम्मर मुनि च्यापिदा घाईते भई उपचारको लागि प्राथामिक स्वास्थ्य केन्द्र दल्लीमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा रिफर गरिएको,  ट्याक्टर चालक फरार, ट्याक्टर घटना स्थलमा रहेको फरार चालकको प्रहरीद्धारा खोजी कार्य भईरहेको ।  

स्कुटिले ठक्कर दिंदा पैदल यात्री घाईते ।
२०७९-०९-२८

मिति २०७९।०९।२८ गते अं. १९:०० बजेको समयमा जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ गोकुल कटेज नजिक एरिचोकबाट बाङ्गेसिमल तर्फ जाँदै गरेको क.प्र.०२-००२ प ४०१९ नं. को स्कुटिले पैदल यात्री जिल्ला सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. ३ मसुरिखेत बस्ने बर्ष २७ की गिता शाहीलाई ठक्कर दिँदा दाहिने खुट्टाको हड्डी भाँचिएको, टाउको, शरिरको बिभिन्न भागमा चोट अबस्था हल्का बोल्न सक्ने र स्कुटी चालक जिल्ला सुर्खेत वीरेन्द्ननगर नगरपालिका वडा नं. १ बस्ने बर्ष १८ को सुजल गुरुङ्को वाँया खुट्टा, कुम र शरिरको बिभिन्न भागमा चोट अबस्था सामान्य दुबै जनाको उपचार कर्णाली केयर अस्पताल सुर्खेतमा उपचार भईरहेको, प्रहरी टोलि खटिगई, स्कुटी ट्राफिकको नियन्त्रणमा । 

भरुवा बन्दुकको गोली लागि घाईते ।
२०७९-०९-२७

मिति २०७९।०९।२७ गते अं. १७:०० बजेको समयमा जिल्ला सुर्खेत पंचपुरी नगरपालिका वडा नं. १ तलिकाँडा बस्ने हरी थापाको छोरा बर्ष २३ को घनश्याम थापा लगाएत अन्य ३ जना केटहरु  ऐ.ऐ. स्थित रहेको डम्म जंगलबाट घर फर्कने क्रममा जंगली जनावर मार्न थापेको भरुवा बन्दुकको पासो पड्किन गई निज घनश्याम थापाको दाँया खुट्टाको घुँडामुनि गोलि लागि घाईते भई  उपचारको लागि आज बिहान ०७:३० बजे प्राथमिक स्वास्थ्य केन्द्र सालकोटमा ल्याई उपचार भईरहेको भनि ऐ.२८ गते  ०७:५० बजेको समयमा   खबर प्राप्त हुना साथ प्रहरी चौकी सालकोट बाट प्रहरी टोलि खटिगएको घाईतेको साथमा अन्य ३ जना पनि रहेको अन्य ३ जनालाई केही नभएको थप अनुसन्धानको लागि  ६ जनाको प्रहरी टोलि खटि गएको ।

स्कार्पियो अनियन्त्रित भई पल्टिन जाँदा ३ जना घाईते।
२०७९-०९-२६

मिति २०७९।०९।२६ गते अं. १८:२५ बजेको समयमा जिल्ला सल्यान बागचौर नगरपालिका वडा नं.  २ बागचौर बाट थारमारे तर्फ आउदै गरेको लु. ३ च. ७८४ नं. को स्कारपियो जिप बागचौर बसपार्क नजिकै सडकमा अनियन्त्रित भई पल्टिन जाँदा उक्त जिपमा सवार ३ जना  घाईते भई स्थानिय जनप्रिय पोलिक्लिनिक थारमारे सल्यानमा उपचार भईरहेको । 1=  जिल्ला सल्यान बागचौर न.पा. ४ सिमखोली बस्ने बर्ष २५ को दिपेन्द्र बस्नेत , भित्री चोट अबस्था मध्यम । 2=  ऐ.३ ठाडाचौर बस्ने बर्ष २३ को प्रेम बि.सी. भित्री चोट अबस्था सामान्य । 3=  ऐ.९ कुईया पानी बस्ने बर्ष २४ को प्रभाकर ओली , अबस्था सामान्य । 

बलेरो जीप एकआपसमा ठोकिन गई दुर्घटना।
२०७९-०९-२६

मिति २०७९।०९।२५गते १६:३० बजेको समयमा जिल्ला दैलेख दुल्लु नगरपालिका ३ स्याला स्थित कर्णाली राजमार्गमा सुर्खैत बाट चामुण्डा बिन्द्रासैनी तर्फ आउदै गरेको चालक एकेन्द्र शर्माले चलाएको क.प्र.००१ च.०४६४ नम्बरको जिप र बिपरित दिशा बाट आउदै गरेको चालक बृज नारायण चौधरीले चलाएको ६१-०-१४८ नम्बरको जिप मोडमा अनियन्त्रित भई एक आपसमा ठोकिदा बलेरो जिपको दाहिने पट्टिको हेड लाईट फुटको,टायर पंन्चर भएको र ६१-‍०-१४८ नम्बर जिपको अगाडीको सोको भागमा क्षति भएको,मानबिय क्षति नभएको, बाटो अवरोध नभएको उक्त स्थानमा ट्राफिक प्रहरी सहितको टोलि खटिगएको । 

अवैध काठ बरामद ।
२०७९-०९-२५

मिति २०७९।०९।२४ गते अ.००:३० बजेको समयमा जिल्ला दैलेख भगवतिमाई गाउँपालिका वडा नं.१ बबितडा स्थित बेस्तडा सडक खण्डमा चालक कृष्ण सिजाली मगरले चलाएको भे.१ त.८६००नम्बरको ट्याक्टरलाई गस्तीमा रहेको प्रहरी  टोलिले चेक जाँच गर्दा  साल जातको काठ फेला पारी उक्त ‍ट्याक्टर र  चालक सहित ५ जना मानिसलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय दैलेख ल्याई आवश्यक अनुसन्धान भईरहेको  निम्न परिमाणको साल जातको  काठहरु अ.६ फिट लम्बाई गोलिया थान १, अ.४ फिट लम्बाई भएको गोलिया थान १, अ.७ फिट लम्बाई भएको गोलिया थान १, अ.५ फिट लम्बाई भएको गोलिया थान २ जम्मा गोलिया साल जातको  थान ५ र चिरान कडी अ.७ फिट लम्बाई भएको थान ९ र अ.६ फिट लम्बाई भएको थान ४ गरी जम्मा १३ थान चिरान कडी ।  

आगजनी गरी मृत्यु ।
२०७९-०९-२३

मिति २०७९।०९।२३ गते अ.१९:३० बजेको समयमा जिल्ला दैलेख भैरबी गाउँपालिका वडा नं.४ रिङगाटे बस्ने नरेश बि.क.ले आफ्नै २ तले ३ कोठे कच्चि घरमा आगो लगाएको छ भनि स्थानियले टेलिफोन मार्फत जानकारी गराए पश्चात प्रहरी टोलि खटि गई प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिएको र ऐ.२४ गते अ. ०९:०० बजेको समयमा उक्त जलेको घरमा अन्य केही क्षति भएको छ कि भनि हेर्दै जादाँ घरको छानोले पुरि जलेर मृत रहेको अवस्थामा निज आगो लगाउने ब्यक्ति बर्ष अ. ४० को नरेश बि.क. फेला परेको, थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय  दुल्लु बाट प्रहरी निरीक्षकको कमाण्डमा ५ जनाको टोली खटि गएको ।

मोटरसाईकलले पैदल यात्रीलाइ ठक्कर दिंदा घाईते ।
२०७९-०९-१५

मिति २०७९।०९।१५ गते अं. १७:२५ बजेको समयमा जिल्ला सुर्खेत विरेन्द्रनगर नगरपालिका वडा नं. ६ मंगलगढी चोक नजिकै ऐरी चोक बाट मंगलगढी चोक तर्फ आउदै गरेको क.प्र.०२-००२ प १०३६ नं. को मोटरसाईकलले पैदल यात्री जिल्ला सुर्खेत वीरेन्द्नगर नगरपालिका वडा नं. १ बस्ने बर्ष २१ को दिपेन्द्र मगरलाई ठक्कर दिदा ओठ,दाँत,वाँया खुट्टामा चोट लागि घाईते भई कर्णाली केयर अस्पताल सुर्खेतमा उपचार भई रहेको बोल्न सक्ने मोटरसाईकल र मोटरसाईकल चालक भारतको मोतियारी जिल्ला नगरदेही पंचायत ६ घर भई हाल वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ सनिहल लाईन स्थित नमस्ते स्टिल एण्ड आल्मुनियम को मिस्त्री काम गरी बस्ने बर्ष १९ को निकेश खान र मोटरसाईकल  ट्राफिकको नियन्त्रणमा कागजपत्र साथमा नभएको । 

मिक्चर मेसिन ब्याग गर्ने क्रममा सडक बाट अ.३०मिटर तल खसि चालक घाईते ।
२०७९-०९-१५

मिति २०७९।०९।१५ गते अ.१५:३० बजेको समयमा जिल्ला दैलेख नारायण नगरपालिका ६ काडाचौर स्थित मध्यपहाडी लोकमार्ग सडक निर्माणको काममा प्रयोग भईरहेको SML 4000 लेखेको मिक्चर मेसिन ब्याग गर्ने क्रममा सडक बाट अ.३०मिटर तल खसि चालक भारत बिहार मोतिहारी जिल्ला बस्ने बर्ष अ.२० को टनबिर आलमको दाहिने खुट्टा फ्याक्चर भई जिल्ला अस्पताल दैलेख उपचार भईरहेको अवस्था मध्यम,मिक्चर मेसिन घटना स्थलमा नै रहेको र नजिकै रहेको बले कामीको ट्वालेटमा मिक्चर मेसिन ठोकिन गई ट्वालेट आशंक्षिक क्षति भएको प्रहरी टोलि खटिईएको ऐ १७:०० बजे थप उपचारको लागी प्रदेश अस्पताल सुर्खेतको लागि रिफर भएको ।

चोरी ।
२०७९-०९-१४

मिति २०७९।०९।१४ गते रातिको समयमा जिल्ला दैलेख चामुन्डा बिन्द्रसैनि नगरपालिका वडा नं. ४ बुढेली स्थित रहेको जनकल्याण आधारभुत बिद्यालयको अपिस कोठाको ताला फोडि चोरि भएको भनि आज मिति २०७९।०९।१५ गते बिहान ०९;०० बजे खबर प्राप्त हुना साथ यस चौकि बाट प्रहरी टोलि खटि गई बुझ्दा बिद्यालयबाट निम्नानुसारको सामानहरु चोरि भएको र चोरि गर्ने हरु फरार रहेको खोजी कार्य भईरहेको  १. Dell कम्पनीको कम्प्युटर :- ४ थान (डेस्टप,CPU किबोर्ड माउस ) २.EPSON कम्पनिको प्रोजेक्टर:- थान १ ३. EPSON कम्पनिको प्रिन्टर:-थान ३ ४.DELL कम्पनिको डेस्टप I3:- थान १ ५. DELL कम्पनिको ल्याप्टप:-थान १ ६.LCD प्रोजेक्टर :- थान १ ७.साउण्ड बक्स :- थान १जम्मा ३ लाख ७७हजार १७१ रुपैया बराबरको जिन्सी सामान चोरि भएको ।थप बिबरण:- माथि उल्लेखित घटनामा संलग्न भनिने जिल्ला दैलेख चा.बि.न.पा.४ बस्ने बर्ष अ.२३ को भुवन भन्ने सौगात शाहीलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय दुल्लु दैलेखमा राखिएको र निजको घर बाट ३ बटा मनिटर,३ वटा CPU,३ वटा VGA केवल , १ वटा चार्जर ,५ वटा पावर केवल र २ वटा किबोर्ड बरामद गरि थप अनुसन्धान कार्य भईरहेको ।

अधिक लोड >>
कम देखाउनुहोस् <<